कुमारी बैंकको ५ लाख बढी कित्ता शेयर बिक्रीमा

मंगलबार, ९ बैशाख २०८२, ११:५ AM
post-image

काठमाडौ, बैशाख ०९ । कुमारी बैंकको संस्थापक समूहको ५ लाख ६ हजार ९७२ कित्ता शेयर बिक्रीमा राखिएको छ। यो शेयरमा हाललाई कुमारी बैंकका संस्थापक शेयरधनीले मात्रै खरिदका लागि निवेदन दिन सक्नेछन्।
इच्छुक संस्थापक शेयरधनीहरुले ३५ दिनभित्र शेयर खरिदका लागि निवेदन दिनुपर्नेछ। 
तोकिएको अवधिभित्र संस्थापक शेयरधनीहरुबाट शेयर खरिदका लागि निवेदन नपरेको खण्डमा अन्य व्यक्ति तथा संस्थालाई बिक्री खुला गरिने बैंकले जनाएको छ। निवेदन काठमाडौंको टंगालस्थित कुमारी बैंकको प्रधान कार्यालय वा नक्सालस्थित कुमारी क्यापिटलमा पेस गर्न सकिनेछ।
 

यो पोस्ट पढेपछि तपाईलाई कस्तो लाग्यो?

टिप्पणीहरू

Comments

0 comments · join the conversation

No comments yet

Be the first to share your thoughts.

}