नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको संस्थापक सेयरमा लिलामी आवेदन दिने आज अन्तिम दिन

मंगलबार, ९ बैशाख २०८२, १०:४८ AM
post-image

काठमाडौ, बैशाख ०९ । नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको संस्थापक सेयर लिलामी भर्ने आज अन्तिम दिन रहेको छ । बैंकको ८ लाख ५० हजार कित्ता संस्थापक सेयरमा आज कार्यालय समयसम्म मात्र यसमा आवेदन दिन सकिनेछ । 
यसमा न्यूनतम १०१ रुपैयाँ वा सो भन्दा बढी मूल्य कबोल गरी गोप्य शिलबन्दी बोलपत्र पेश गर्नुपर्नेछ । 

यस लिलामी सेयरमा बैंककै संस्थापक सेयरधनीहरुले आवेदन दिन सक्नेछन् । 
लगानीकर्ताले न्यूनतम १ लाख २५ हजार कित्तादेखि अधिकतम सबै कित्ताका लागि आवेदन दिन सक्नेछन् । बिक्री मुक्तिनाथ क्यापिटल, नारायणचौर नक्साल काठमाडौंमा पुग्ने गरी आवेदन बुझाउनुपर्नेछ ।
 

यो पोस्ट पढेपछि तपाईलाई कस्तो लाग्यो?

टिप्पणीहरू

}