रिभर फल्स पावरको सवा ४३ लाख कित्ता शेयरको लकइन अवधि जेठ ८ गतेबाट सकिने

शुक्रबार, ५ बैशाख २०८२, १०:५७ AM
post-image

काठमाडौ, बैशाख ०५ । रिभर फल्स पावरको सवा ४३ लाख कित्ता कित्ता शेयरको लकइन अवधि आउँदो जेठ ८ गतेबाट सकिने भएको छ । कम्पनीकले स्थानीय बासिन्दा र कर्मचारीलाई बाँडफाँट गरेको संस्थापक सेयरको लकइन अवधि जेठ ८ गते सकिने भएको हो । सेयरको लक इन अवधि सकिएपछि संस्थापक सेयरधनी, स्थानीय बासिन्दा र कर्मचारीले होल्ड गरेको सेयर कारोबारका लागि योग्य हुनेछ ।

कम्पनीका संस्थापक, आयोजना प्रभावित स्थानीय र कर्मचारीको कुल ४३ लाख २४ हजार ६०० कित्ता शेयरको लकइन सकिन लागेको कम्पनीले जनाएको छ । कम्पनीको ३५ लाख ७० हजार कित्ता संस्थापक सेयर, ७ लाख कित्ता स्थानीय र १ लाख ३६ हजार ५०० कित्ता कर्मचारीलाई बाँडफाँट गरिएको सेयर लक इन रहेको छ । कम्पनीले सर्वसाधारणलाई २०७९ जेठ ९ गते सेयर बाँडफाँट गरेको थियो । उक्त मितिबाट ३ वर्षसम्म संस्थापक सेयरधनी, स्थानीय बासिन्दा र कर्मचारीहरुको सेयर लक इनमा राख्नुपर्ने व्यवस्था रहेको छ । 


यो पोस्ट पढेपछि तपाईलाई कस्तो लाग्यो?

टिप्पणीहरू

}