नेको इन्स्योरेन्सको संस्थापक सेयरमा लिलामी भर्ने आज अन्तिम दिन

शुक्रबार, २९ चैत २०८१, ११:१५ AM
post-image

काठमाडौ, चैत्र २९ । नेको इन्स्योरेन्सको ६ लाख कित्ता संस्थापक सेयरमा लिलामी भर्ने आजअन्तिम दिन हो । आज कार्यालय समयसम्म मात्र यसमा आवेदन दिन सकिनेछ । सेयरको प्रतिकित्ता भाउ न्यूनतम २६० रुपैयाँ तोकिएको छ ।  यसमा बिक्री प्रबन्धक माछापुच्छ्रे क्यापिटल, बागदरबार काठमाडौं पुग्नेगरी बोलपत्र पेश गर्नुपर्नेछ ।

यसमा संस्थापक सेयरधनीका साथै अन्य व्यक्ति तथा संस्थाले पनि बोलपत्र पेश गर्न सक्नेछन् ।
लगानीकर्ताले सोही मूल्यलाई आधार मानेर लिलाम बढाबढमा सहभागी बन्न सक्नेछन् ।

यो पोस्ट पढेपछि तपाईलाई कस्तो लाग्यो?

टिप्पणीहरू

}