सान्भि इनर्जीले स्थानीय र वैदेशिक रोजगारीमा रहेकालाई वैशाख ५ गतेदेखि आइपीओ जारी गर्ने

बुधबार, २७ चैत २०८१, ११:४६ AM
post-image

काठमाडौं, चैत्र २७ । सान्भि इनर्जी लिमिटेडले वैशाख ५ गतेदेखि आइपीओ बिक्री खुला गर्ने भएको छ । कम्पनीले आयोजना प्रभावित स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीहरुलाई आइपीओ निष्काशन गर्न लागेको हो । कम्पनीले जारी पुँजी ८८ करोड रुपैयाँको १० प्रतिशतले हुने ८ करोड ८० लाख रुपैयाँ बराबरको आइपीओ आयोजना प्रभावित स्थानीयलाई बिक्री गर्ने भएको छ । भने कम्पनीले वैशाख ५ गतेदेखि नै श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा रहेका नेपालीहरुलाई पनि २ लाख ९१ हजार कित्ता आइपीओ बिक्री खुला गर्दैछ । 

अर्थात, स्थानीयले प्रतिकित्ता १०० रुपैयाँको दरले ८ लाख ८० हजार कित्ताका लागि आवेदन दिन सक्नेछन् । यसमा ईलाम जिल्लाको ईलाम नगरपालिका वडा नं. १० (साविकको गोदक गा.वि.स. का १ देखि ९ नम्बरसम्मका वडाहरु), माईजोगमाई गाउँपालिका वडा नं. १ (साविकको नयाँ बजार गा.वि.स।.का १ देखि ४ र ६ देखि ९ नम्बर वडाहरु) र वडा नं. ३ र ४ (साविकको नाम्सालिङ्ग गा.वि.स. का १ देखि ९ नम्बरसम्मका वडाहरु तथा नयाँबजार गा.वि.स.को वडा नं. ५) का स्थानीयले आवेदन दिन सक्नेछन् ।

यसैगरी, सूर्योदय नगरपालिका वडा नं. १० (साविकको फिक्कल गा.वि.स. का ६ देखि ९ नम्बरसम्मका वडाहरु) तथा सोही नगरपालिका वडा नं. १ (साविकको पञ्चकन्या गा.वि.स. का २, ६, ८ नम्बर वडाहरु) का स्थायी बासिन्दाहरुले पनि आवेदन दिन सक्नेछन् । स्थानीयले न्यूनतम १० कित्तादेखि अधिकतम २० हजार कित्तासम्म आवेदन दिन पाउनेछन् । छिटोमा वैशाख १९ गते र उक्त अवधिमा सबै सेयर बिक्री नभए ढिलोमा जेठ ३ गतेसम्म आवेदन दिन मिल्नेछ ।

यता, बैदेशिक रोजगारी रहेकाहरुले प्रतिकित्ता १०० रुपैयाँको दरले न्यूनतम २० कित्तादेखि अधिकतम २० हजार कित्तासम्म आवेदन दिन सकिनेछ । वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि भने वैशाख १९ गते बिक्री बन्द गरिने कम्पनीले जनाएको छ ।

केयर रेटिङ्स नेपालले सान्भि इनर्जीलाई केयर एनपी डबल बी प्लस इस्यूअर रेटिङ प्रदान गरेको छ। यसले कम्पनीको समयमै दायित्व बहन गर्ने क्षमतामा औसत जोखिम रहेको संकेत गर्दछ । 
 

यो पोस्ट पढेपछि तपाईलाई कस्तो लाग्यो?

टिप्पणीहरू

}