ग्रीन डेभलपमेन्ट बैंकको १२ औँ वार्षिक साधारणसभा आज

काठमाडौ, चैत्र २७ । ग्रीन डेभलपमेन्ट बैंकले आफ्नो १२ औँ वार्षिक साधारणसभा आज बस्दै छ ।
सभाले गत आर्थिक वर्ष २०८०।८१ का लागि प्रस्तावित हाल कायम चुक्तापुँजीको कुल ६.०५ प्रतिशत लाभांश अनुमोदन गर्नेछ । जसमा ५.७५ प्रतिशत बोनस शेयर र कर प्रयोजनार्थ ०.३०२७ प्रतिशत नगद लाभांश छन्।
बोनस शेयर वितरणपछि सोहीबमोजिम नियमावली र प्रबन्धपत्रमा संशोधन गर्ने विशेष प्रस्ताव सभाले पारित गर्नेछ । बोनस शेयर वितरणपछि कायम हुने चुक्तापुँजी ५६ करोड ९६ लाख ९८ हजार ५०० रुपैयाँको कुल १.१०७१ अनुपात अर्थात ११०.७१ प्रतिशतले हुन आउने ६३ करोड ७ लाख १३ हजार २०० रुपैयाँबराबरको हकप्रद शेयर जारी गर्ने विशेष प्रस्ताव पनि सभाले अनुमोदन गर्नेछ।
बोनस शेयर र हकप्रद जारीपछि बैंकको प्रबन्धपत्र र नियमावलीमा संशोधन गर्ने प्रस्ताव सभाले पारित गर्नेछ। सभाले सर्वसाधारण समूहबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने २ जना सञ्चालकको निर्वाचन गर्नेछ।
सभाले गत आर्थिक वर्षको वार्षिक तथा लेखापरीक्षकको प्रतिवेदन स्वीकृत गर्नेछ। चालु आर्थिक वर्षका लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारणसम्बन्धी प्रस्ताव सभाले पारित गर्नेछ।
लाभांश र वार्षिक साधारणसभा प्रयोजनार्थ बैंकले चैत १५ गते बुक क्लोज गरेको थियो । यसको अर्थ चैत १५ गतेभन्दा अघिसम्म कायम शेयरधनीहरुमात्रै यो कम्पनीको लाभांश पाउन योग्य हुनेछन्।
सभा सभा बागलुङ नगरपालिका–७ हरिशंकर रोडस्थित होटल पिस प्यालेसमा बिहान ११ बजेबाट सुरु हुनेछ।