मातृभूमि लघुवित्तकाे वैशाख २ गते एजिएम, सभामा सेयरधनीहरुको हात खाली

काठमाडौ, चैत्र २६ । मातृभूमि लघुवित्तले वार्षिक साधारण सभा वैशाख २ गते बोलाएको छ । कम्पनीले लाभांशसम्बन्धी कुनै प्रस्ताव पेश नगरेकोले यसपटक सेयरधनीहरुको हात खाली हुने भएको छ ।
सभामा थप सार्वजनिक निष्कासन (एफपीओ) निष्कासन गर्ने विशेष प्रस्ताव पनि पेश हुनेछ । यस्तै, अन्य बैंक–वित्तीय संस्थासँग मर्जर अथवा एक्विजिशनसम्बन्धी कार्य गर्न र प्रबन्धपत्र एवं नियमावली संशोधनका लागि सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पनि रहेको छ ।
साथै, आर्थिक वर्ष २०८०–८१ को वासलात, नाफा–नोक्सान र नगद प्रवाहमाथि छलफल हुनेछ । आर्थिक वर्ष २०८१–८२ का लागि लेखापरीक्षक नियुक्त गरी पारिश्रमिक निर्धारण गर्ने लगायतका एजेन्डा पनि राखिएको छ ।
सभा, अमुप्रस्थ ब्यांक्वेट, एन्ड इभेन्ट्स बुढानिलकण्ठ काठमाडौंमा बिहान ११ बिहान बजे सुरु हुनेछ । सभा प्रयोजनार्थ कम्पनीले चैत २२ गते बुक क्लोज गरिसकेको छ । यसर्थ, चैत २१ गतेसम्म कायम रहेका सेयरधनीले मात्र सभामा भाग लिन सक्नेछन् ।