अपर हेवाखोला हाइड्रोपावरको आज साधारण सभा बस्दै

काठमाडौ, चैत्र २२ । अपर हेवाखोला हाइड्रोपावरको विशेष साधारण सभा आज शुक्रबार बस्दै छ ।
विशेष साधारण सभा कम्पनीको प्रधान कार्यालय अनामनगर काठमाडौंमा दिउँसो साढे ३ बजे सुरु हुने छ ।
विशेष साधारण सभामा शतप्रतिशत हकप्रद सेयर जारी गर्ने प्रस्ताव पेश हुनेछ ।
कम्पनीले बैंकको ऋण तिर्नलाई हकप्रद जारी गर्न लागेको जनाएको छ । हाल यस कम्पनीको चुक्ता पुँजी ५० करोड रुपैयाँ रहेको छ । हकप्रद पछि पुँजी १ अर्ब रुपैयाँ पुग्नेछ ।