अपर हेवाखोला हाइड्रोपावरको आज साधारण सभा बस्दै
काठमाडौ, चैत्र २२ । अपर हेवाखोला हाइड्रोपावरको विशेष साधारण सभा आज शुक्रबार बस्दै छ ।
विशेष साधारण सभा कम्पनीको प्रधान कार्यालय अनामनगर काठमाडौंमा दिउँसो साढे ३ बजे सुरु हुने छ ।
विशेष साधारण सभामा शतप्रतिशत हकप्रद सेयर जारी गर्ने प्रस्ताव पेश हुनेछ ।
कम्पनीले बैंकको ऋण तिर्नलाई हकप्रद जारी गर्न लागेको जनाएको छ । हाल यस कम्पनीको चुक्ता पुँजी ५० करोड रुपैयाँ रहेको छ । हकप्रद पछि पुँजी १ अर्ब रुपैयाँ पुग्नेछ ।
Comments
0 comments · join the conversation
No comments yet
Be the first to share your thoughts.
Add a comment
Your comment will appear after a quick review.
Comment submitted
Thanks! Your comment is in the moderation queue and will appear after verification.
Reply to comment
0 replies
Reply submitted
Thanks! Your reply is in the moderation queue and will appear after verification.