चिरख्वा हाइड्रोपावरको साधारण सभा आज

चिरख्वा हाइड्रोपावर लिमिटेडको वार्षिक साधारण सभा आज  बस्दैछ ।

Artha Kendra Artha Kendra
बुधबार, २० चैत २०८१, ११:१८ AM
फन्ट
चिरख्वा हाइड्रोपावरको साधारण सभा आज

काठमाडौं, चैत्र २० । चिरख्वा हाइड्रोपावर लिमिटेडको वार्षिक साधारण सभा आज  बस्दैछ । कम्पनीले लाभांश सम्बन्धी कुनै प्रस्ताव गरेको छैन ।

सभामा आर्थिक वर्ष २०७०–८१ को नाफा नोक्सान सम्बन्धी हिसाबका सम्बन्धमा छलफल हुनेछ । आर्थिक वर्ष २०८१–८२ का लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने एजेन्डा पनि रहनेछ ।

संस्थापक सेयरधनी समूहको प्रतिनिधित्व गर्ने ५ जना सञ्चालको निर्वाचन हुनेछ । सभा प्रयोजनका लागि यसले चैत १२ गते बुक क्लोज गरिसकेको छ । तसर्थ,  चैत ११ गतेसम्म कायम सेयरधनीले मात्र सभामा सहभागिता जनाउन सक्नेछन् । 
सभा कुन्डलिनी रोयल्स, जोरपाटी, काठमाडौंमा बिहान ९ बजे सुरु हुनेछ । 
 

यो पोस्ट पढेपछि तपाईलाई कस्तो लाग्यो?

सेयर गर्नुहोस्

Comments

0 comments · join the conversation

No comments yet

Be the first to share your thoughts.