सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सको नगद लाभांश सेयरधनीको खातामा पठाउन सुरु

सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सले आफ्ना सेयरधनीहरुलाई नगद लाभांश खातामा पठाउन सुरु गरेको छ ।

Artha Kendra Artha Kendra
बुधबार, २० चैत २०८१, ११:१६ AM
फन्ट
सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सको नगद लाभांश सेयरधनीको खातामा पठाउन सुरु

काठमाडौं, चैत्र २० । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सले आफ्ना सेयरधनीहरुलाई नगद लाभांश खातामा पठाउन सुरु गरेको छ ।  इन्स्योरेन्सले हालसम्म डिम्याट खातामा बैंक खाता अद्यावधिक गराएका सेयरधनीलाई ८ प्रतिशत नगद लाभांश जम्मा गर्न सुरु गरेको जनाएको छ । 

यता, कम्पनीले नगद लाभांश खातामा नआएका सेयरधनीलाई डिम्याट खाता र बैंक खाता अपडेट गर्न भनेको छ । 

अपडेट गरेपछि लाभांश पाइनेछ । कम्पनीको साधारण सभाले आर्थिक वर्ष २०८०–८१ को नाफाबाट सेयरधनीलाई ८ प्रतिशत नगद लाभांश र १.२५ प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव पारित गरेको थियो ।

यो पोस्ट पढेपछि तपाईलाई कस्तो लाग्यो?

सेयर गर्नुहोस्

Comments

0 comments · join the conversation

No comments yet

Be the first to share your thoughts.