सप्तकोशी डेभलपमेन्ट बैंकको ४० हजार कित्ता संस्थापक शेयर बिक्री खुला

सप्तकोशी डेभलपमेन्ट बैंक लिटिडेले सर्वसाधरणका लागि आजदेखी शेयर लिलाम बिक्री खुला गरेको छ ।

Artha Kendra Artha Kendra
आइतबार, १७ चैत २०८१, ११:४ AM
फन्ट
सप्तकोशी डेभलपमेन्ट बैंकको ४० हजार कित्ता संस्थापक शेयर बिक्री खुला

काठमाडौ, चैत्र १७ । सप्तकोशी डेभलपमेन्ट बैंक लिटिडेले सर्वसाधरणका लागि आजदेखी शेयर लिलाम बिक्री खुला गरेको छ । बैंकले ४० हजार कित्ता संस्थापक शेयर सर्वसाधारणले पनि खरिद गर्न पाउने गरी बिक्रीमा ल्याएको हो ।

सो शेयर खरिदकर्ताले आज चैत १७ गतेदेखि चैत २६ गते भित्र गोप्य शिलबन्दी बोलपत्र पेश गरिसक्नु पर्नेछ। 

शेयरको प्रतिकित्ता न्यूनतम मूल्य २५० रुपैयाँ तोकिएको छ। इच्छुक खरिकर्ताले कम्तिमा १०० कित्ता र बढीमा १० को गुणाङ्कमा वा सम्पूर्ण कित्ताका लागि आवेदन दिन सक्नेछन्।

बोलपत्र काठमाडौंको डिल्लीबजारस्थित सिटिजन्स क्यापिटल लिमिटेड बिक्री प्रबन्धकको कार्यालयमा पाइने जनाइएको छ।

यो पोस्ट पढेपछि तपाईलाई कस्तो लाग्यो?

सेयर गर्नुहोस्

Comments

0 comments · join the conversation

No comments yet

Be the first to share your thoughts.