आइजीआई प्रुडेन्सियल इन्स्योरेन्सको लिलामी सेयरमा आवेदन दिने आज अन्तिम दिन

आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीको सेयर लिलामी भर्ने आज अन्तिम दिन रहेको छ ।

Artha Kendra Artha Kendra
मंगलबार, १२ चैत २०८१, १०:४५ AM
फन्ट
आइजीआई प्रुडेन्सियल इन्स्योरेन्सको लिलामी सेयरमा आवेदन दिने आज अन्तिम दिन

काठमाडौ, चैत्र १२ । आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीको सेयर लिलामी भर्ने आज अन्तिम दिन रहेको छ । कम्पनीको ८० हजार कित्ता संस्थापक सेयरमा आज कार्यालय समयसम्ममा आवेदन दिन पर्ने 
हुन्छ । यसमा संस्थापक सेयरधनीका साथै अन्य व्यक्ति तथा संस्थाले पनि बोलपत्र पेश गर्न सक्नेछन् । 

सेयरको प्रतिकित्ता भाउ न्यूनतम २०५ रुपैयाँ तोकिएको छ । लगानीकर्ताले सोही मूल्यलाई आधार मानेर लिलाम बढाबढमा सहभागी बन्न सक्नेछन् । यता, आवेदकले न्यूनतम ८० हजार कित्ताका लागि आवेदन दिन सक्नेछन् । यसमा बिक्री प्रबन्धक प्रभु क्यापिटल, कमलादी काठमाडौं पुग्नेगरी बोलपत्र पेश गर्नुपर्नेछ । 
 

यो पोस्ट पढेपछि तपाईलाई कस्तो लाग्यो?

सेयर गर्नुहोस्

Comments

0 comments · join the conversation

No comments yet

Be the first to share your thoughts.