ग्रीन डेभलपमेन्ट बैंकको चैत २७ गते एजीएम बस्दैछ
काठमाडौ, चैत्र १२ । ग्रीन डेभलपमेन्ट बैंकको चैत २७ गते साधारण सभा बस्ने भएको छ । सभामा बैंकले गत वर्षको नाफाबाट ५.७५ प्रतिशत बोनस सेयर र कर तिर्न ०.३०२७ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पेश गर्नेछ ।
यस्तै, बोनस सेयर वितरणपश्चात कायम चुक्ता पुँजीबाट १ः १.१०७१ अनुपातमा हकप्रद सेयर जारी गर्ने विशेष प्रस्ताव पारित गर्नेछ । यद्यपि, यो हकप्रद प्रस्ताव कार्यान्वयनका लागि केन्द्रीय बैंकले अनुमति दिनुपर्ने हुन्छ ।
सभामा आर्थिक वर्ष २०८० ८१ को वार्षिक प्रतिवेदन, नाफानोक्सान हिसाब, नगद प्रवाह लगायत वित्तीय अनुसूचीहरु छलफल गरी पारित गर्ने एजेन्डा रहेको छ
सभा होटल पिस प्यालेस, हरिशंकर रोड बाग्लुङमा बिहान ११ बजेबाट सुरु हुनेछ ।
Comments
0 comments · join the conversation
No comments yet
Be the first to share your thoughts.
Add a comment
Your comment will appear after a quick review.
Comment submitted
Thanks! Your comment is in the moderation queue and will appear after verification.
Reply to comment
0 replies
Reply submitted
Thanks! Your reply is in the moderation queue and will appear after verification.