हिमालयन लाइफको संस्थापक सेयर बिक्रीमा

मंगलबार, १२ चैत २०८१, १०:५५ AM
post-image

काठमाडौ, चैत्र १२ । हिमालयन लाइफ इन्स्योरेन्सले सेयर बिक्रीमा ल्याएको छ । कम्पनीले १ लाख ५८ हजार ७८४ कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको हो । यसमा कम्पनीका विद्यमान अन्य संस्थापक सेयरधनीले आवेदन दिन सक्नेछन् । सेयर खरिद गर्न इच्छुक संस्थापक सेयरधनीले आज (चैत १२ गते) बाट ३५ दिनभित्र कम्पनीको केन्द्रीय कार्यालय हात्तिसार, काठमाडौं आवेदन दिनुपर्नेछ । 

यस अवधिमा कुनै पनि संस्थापकबाट आवेदन नपरेमा भने सर्वसाधारण लगानीकर्तालाई बिक्री खुला गरिने कम्पनीले जनाएको छ ।
 

यो पोस्ट पढेपछि तपाईलाई कस्तो लाग्यो?

टिप्पणीहरू

}