ओम मेगाश्री फर्मास्युटिकल्सको आइपीओ बाँडफाँट
काठमाडौं, १२ चैत्र । ओम मेगाश्री फर्मास्युटिकल्स लिमिटेडको आइपीओ आज बाँडफाँट भएको छ । गोलाप्रथामार्फत यसमा १ लाख ४७ हजार ६०० जना आवेदकहरुले १० कित्ताका दरले सेयर पाएका छन् । ओम मेगाश्री फर्मास्युटिकल्सले फागुन २७ गतेदेखि चैत ३ सतेसम्म सर्वसाधारणका लागि १४ लाख ७६ हजार कित्ता आइपीओ बिक्री खुला गरेको थियो ।
बिक्री प्रबन्धक प्रभु क्यापिटलका अनुसार यो आइपीओमा कुल २० लाख ५६ हजार ५७६ जनाले आवेदन दिएकामा जनाको २ लाख ८ हजार २७८ आवेदन रद्द भएको थियो ।
रितपूर्वक आवेदन दिएका १८ लाख ४८ हजार २९८ जनालाई गोलाप्रथामा सहभागी गराइएको थियो । रेटिङ एजेन्सी केर रेटिङ नेपालले यस इन्सुरेन्सको आइपीओलाई ‘केयर एनपी बी माइनस रेटिङ’ प्रदान गरेको छ । जसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा मध्यमस्तरको जोखिम रहेको जनाउँछ ।
आइपीओ बाँडफाँटको नतिजा ओम मेगाश्री फर्मास्युटिकल्सको वेबसाइट र प्रभु क्यापिटलको वेबसाइटबाट हेर्न सकिन्छ । यसैगरी, सीडीएस एन्ड क्लियरिङ लिमिटेडले आइपीओ हेर्न बनाएको वेबसाइट बाट पनि नितिजा हेर्न सकिन्छ भने मेरोसेयर एपमार्फत पनि आइपीओ परे नपरेको थाहा पाउन सकिन्छ ।
Comments
0 comments · join the conversation
No comments yet
Be the first to share your thoughts.
Add a comment
Your comment will appear after a quick review.
Comment submitted
Thanks! Your comment is in the moderation queue and will appear after verification.
Reply to comment
0 replies
Reply submitted
Thanks! Your reply is in the moderation queue and will appear after verification.