यी ४ निर्माण कम्पनी परे कालोसूचीमा

सोमबार, ११ चैत २०८१, ११:४२ AM
post-image

काडमाडौं, ११ चैत्र । सार्वजनिक खरिद अनुगमन कार्यालयले आज एक सूचना जारी गर्दै ४ निर्माण कम्पनीलाई कालोसूचीमा परेको जनाएको छ । कार्यालयले सार्वजनिक खरिद ऐन, २०६३ को दफा ६३ को उपदफा (१) बमोजिम निर्माण कम्पनीलाई कालोसूचीमा राखेको जनाएको छ । 

जसमा १ निर्माण कम्पनीलाई ३ वर्ष, १ निर्माण कम्पनीलाई डेढ वर्ष र अन्य २ निर्माण कम्पनीलाई १ वर्षसम्मका लागि कालो सूचीमा राखिएको छ । कालोसूचीमा परेकाहरु सो अवधिभर सार्वजनिक निकायको कुनै पनि खरिद प्रकृयामा भाग लिन पाउँदैनन् ।


 

यो पोस्ट पढेपछि तपाईलाई कस्तो लाग्यो?

टिप्पणीहरू

}