रबिले दर्ता गरे पाटन अदालतमा निवेदन, सोमवार तोकियो पेशी
काठमाडौं, ८ चैत । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले फैसला बदर गर्न माग गर्दै निवेदन दर्ता गराएका छन् ।
स्वर्णलक्ष्मी सहकारी ठगी मुद्दामा जिल्ला अदालत काठमाडौंको फैसलाविरुद्ध उच्च अदालत पाटन पुगेका लामिछानेले निवेदन दर्ता गराएका हुन ।सहकारी ठगी मुद्दामा जिल्ला अदालतको फैसला बदरको माग गर्दै लामिछानेले दिएको निवेदन दर्ता भइसकेको छ । निवेदनमा पहिलो सुनुवाइ आगामी सोमबारका लागि पेशी तोकिएको छ।
कालीमाटीमा रहेको स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी ठगी मुद्दामा लामिछानेलाई काठमाडौं जिल्ला अदालतले ६० लाख धरौटीमा छाड्न आदेश दिएको थियो। जस प्रति असहमति दर्ज गर्दै लामिछाने उच्च अदालत, पाटन पुगेका हुन् ।
सो सहकारीमा ५ हजार ६६९ जना बचतकर्ताको २ अर्ब ६५ करोड ९५ लाख ५९ हजार ५८ रुपैयाँ अपचलन भएको प्रहरीको अनुसन्धानबाट खुलाइएको छ ।
Comments
0 comments · join the conversation
No comments yet
Be the first to share your thoughts.
Add a comment
Your comment will appear after a quick review.
Comment submitted
Thanks! Your comment is in the moderation queue and will appear after verification.
Reply to comment
0 replies
Reply submitted
Thanks! Your reply is in the moderation queue and will appear after verification.