‘एसईई’मा परिक्षा शान्तिपुर्ण रूपमा जारी, ४८ कैदी बन्दी पनि सहभागी

नेपालको विद्यालय शिक्षा परीक्षा ‘एसईई’मा शान्तिपुर्ण रूपमा जारी रहेको छ ।

Artha Kendra Artha Kendra
बिहिबार, ७ चैत २०८१, १०:५३ AM
फन्ट
‘एसईई’मा परिक्षा शान्तिपुर्ण रूपमा जारी, ४८ कैदी बन्दी पनि सहभागी

काठमाडौं, ७ चैत । नेपालको विद्यालय शिक्षा परीक्षा ‘एसईई’मा शान्तिपुर्ण रूपमा जारी रहेको छ ।

देशैभरीका २०७९ परिक्षा केन्द्रमा परिक्षा शान्तिपुर्ण रूपमा जारी रहेको हो । बिहान ८ः०० बजे देखी सुरू भएको परिक्षा ११ः०० बजे सकिनेछ । 

आज पहिलो दिन अनिवार्य अंग्रेजी विषयको परीक्षा भइरहेको छ भने आजै संस्कृत वेदविद्याश्रमतर्फ अनिवार्य संस्कृत र मदरासातर्फ अनिवार्य अरेविक भाषाको परीक्षा पनि भइरहेको छ । 
केन्द्रका अनुसार यो वर्ष विभिन्न बाल सुधारगृह र कारागारबाट ४८ जनाले एसईई परीक्षा दिन लागेका छन्। जसअनुसार भक्तपुरको सानो ठिमीमा रहेको बाल सुधार गृहबाट २७ जना, सुन्धारास्थित केन्द्रीय कारागारबाट १९ जना, दैलेखको बाल सुधारगृहबाट ६ जना तथा धुलिखेल र दाङबाट १–१ जना गरी ४८ जनाले थुनाबाट परीक्षा दिँदै छन्।

परीक्षा बोर्डका अनुसार यो पटक मनाङमा जम्मा ४६ जनाले मात्रै एसईई परीक्षा दिँदै छन् भने सबैभन्दा बढी काठमाडौंवाट ३९ हजार बढीले परिक्षा दिइरहेका छन् ।

यो पोस्ट पढेपछि तपाईलाई कस्तो लाग्यो?

सेयर गर्नुहोस्

Comments

0 comments · join the conversation

No comments yet

Be the first to share your thoughts.