टोखा–झोरबाट २० करोड नगदसहित १ जना पक्राउ, थप अनुसन्धान हुँदै

प्रहरीले २० करोडभन्दा बढी रकमसहित एकजनालाई पक्राउ गरेको छ ।

Artha Kendra Artha Kendra
मंगलबार, ५ चैत २०८१, १२:१० PM
फन्ट
टोखा–झोरबाट २० करोड नगदसहित १ जना पक्राउ, थप अनुसन्धान हुँदै

काठमाडौं । प्रहरीले २० करोडभन्दा बढी नगदसहित एक जनालाई पक्राउ गरेको छ। काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुको टोलीले टोखा नगरपालिका–१, झोर क्षेत्रबाट गए राति उनलाई पक्राउ गरेको हो।

कार्यालयका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक रमेश बस्नेतका अनुसार पक्राउ परेका व्यक्तिबाट ठूलो परिमाणमा नगद बरामद गरिएको छ। तर, उनको नाम भने सार्वजनिक गरिएको छैन।

प्रहरीका अनुसार ना १ ख १६५२ नम्बरको ट्रकबाट नेपाली रुपैयाँ, अमेरिकी डलर, युरो लगायत विभिन्न विदेशी मुद्रासमेत बरामद गरिएको छ।

यो पोस्ट पढेपछि तपाईलाई कस्तो लाग्यो?

सेयर गर्नुहोस्

Comments

0 comments · join the conversation

No comments yet

Be the first to share your thoughts.