क्रेस्ट माइक्रो लाइफको आइपीओ बाँडफाँड चैत ५ गते

क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्सको आइपीओ चैत ५ गते भोली मंगलबार बाँडफाँड हुने भएको छ ।

Artha Kendra Artha Kendra
सोमबार, ४ चैत २०८१, ११:३२ AM
फन्ट
क्रेस्ट माइक्रो लाइफको आइपीओ बाँडफाँड चैत ५ गते

काठमाडौ, चैत्र ०४ । क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्सको आइपीओ चैत ५ गते भोली मंगलबार बाँडफाँड हुने भएको छ । कम्पनीले फागुन २२ गतेदेखि आइपीओ विक्री गरेको हो । कम्पनीले सर्वसाधारण लगानीकर्ताका लागि आइपीओ जारी गरेको हो।

उक्त आइपीओ शेयर निष्काशन तथा बिक्री प्रबन्धक एनआइएमबि एस क्यापिटलको कार्यालयमा विहान साढे ८ बजे बाँडफाँड हुने जनाइएको छ ।

उक्त आइपीओमा अन्तिम दिनसम्म २० लाख ४८ हजार ५३८ जना आवेदकले २ करोड ४४ लाख ९२ हजार १७० कित्ताका लागि आवेदन दिएका छन्। 

मागभन्दा बढी आवेदन परेकै कारण यो आइपीओ पनि गोलाप्रथाबाट बाँडफाँट हुनेछ। जसमा भाग्यमानी १ लाख ८४ हजार ५०० जनाले १० कित्ताका दरले शेयर पाउनेछन्।

कम्पनीले आफ्नो जारी पुँजी ७५ करोड रुपैयाँको ३० प्रतिशतले हुन आउने २२ करोड ५० लाख रुपैयाँ बराबरको २२ लाख ५० हजार कित्ता शेयर आइपीओ निष्कासन गर्ने अनुमति पाएको थियो। सोमध्ये १० प्रतिशतले हुन आउने २ करोड २५ लाख रुपैयाँबराबरको २ लाख २५ हजार कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्कासन गरी बाँडफाँट गरिसकेको छ।

यसैगरी कम्पनीका कर्मचारीहरुका लागि ६७ हजार ५०० कित्ता र सामूहिक लगानी कोषहरुलाई १ लाख १२ हजार ५०० कित्ता साधारण शेयर पनि बाँडफाँट गरिसकेको छ। कम्पनीले अब दोस्रो चरणमा कम्पनीले १८ करोड ४५ लाख रुपैयाँबराबरको १८ लाख ४५ हजार कित्ता साधारण शेयर सर्वसाधारणका लागि निष्कासन गरेको हो ।

यो पोस्ट पढेपछि तपाईलाई कस्तो लाग्यो?

सेयर गर्नुहोस्

Comments

0 comments · join the conversation

No comments yet

Be the first to share your thoughts.