सभ्य, मर्यादित र सुरक्षित रुपमा होली मनाउन प्रहरीको आग्रह

सिरहामा सभ्य र सुरक्षीत , मर्यादित र शान्तिपूर्ण रुपमा होली पर्व मनाउनका लागि जिल्ला प्रहरी कार्यालय सिरहाले अनुरोध गरेको छ। 

Artha Kendra Artha Kendra
बुधबार, २८ फाल्गुण २०८१, ९:४६ PM
फन्ट
सभ्य, मर्यादित र सुरक्षित रुपमा होली मनाउन प्रहरीको आग्रह

सिरहा २७ फागुन। सिरहामा सभ्य र सुरक्षीत , मर्यादित र शान्तिपूर्ण रुपमा होली पर्व मनाउनका लागि जिल्ला प्रहरी कार्यालय सिरहाले अनुरोध गरेको छ। 

तराई मधेशमा चैत १ गते मनाउने होली पर्वमा अनेक खालका विकृति देखिने गरेका कारण प्रहरीले सभ्य, मर्यादित र शान्तिपूर्ण रुपमा होली पर्व मनाउन जिल्ला प्रहरी कार्यालय सिरहाले आमनागरीकमा अनुरोध गरेको हो ।

प्रहरीले साथीभाइ तथा आफन्तहरूसँग मात्र होली खेल्न, पैदल यात्रुहरूलाई हैरानी नदिन, जबर्जस्ती रंग नलगाउन, लागूऔषध तथा मादक पदार्थ सेवन नगर्न विशेष अपिल गरेको छ।

सार्वजनिक स्थलमा चर्को आवाजमा डीजे नबजाउन, ट्राफिक नियमको पालना गर्न, हेल्मेट अनिवार्य प्रयोग गर्न तथा अशक्त, महिला, बालबालिका, जेष्ठ नागरिक र पर्यटकहरूप्रति दुव्र्यवहार नगर्न पनि सचेत गराइएको छ।

होलीको नाममा कुनै गैरकानुनी गतिविधि भएमा कारबाही हुने तथा शान्ति सुरक्षा कायम राख्न आमनागरिकहरूलाई सहयोग गर्न जिल्ला प्रहरी कार्यालयले आग्रह गरेको छ।

यो पोस्ट पढेपछि तपाईलाई कस्तो लाग्यो?

सेयर गर्नुहोस्

Comments

0 comments · join the conversation

No comments yet

Be the first to share your thoughts.