एक्सेल डेभलपमेन्ट बैंकको चैत ११ गते साधारण सभा

बुधबार, २८ फाल्गुण २०८१, १०:२८ AM
post-image

काठमाडौ, फागुन २८ । एक्सेल डेभलपमेन्ट बैंक लिमिटेडले चैत ११ गते साधारण सभा बोलाएको छ ।

सभामा बैंकले लाभांश वितरण सम्बन्धी कुनै प्रस्ताव पेश गरेको छैन । यसअघि नै बैंकले गत आर्थिक वर्ष २०८०–८१ को नाफाबाट लाभांश वितरण नगर्ने जनाइसकेको छ । 

साधारण सभामा आर्थिक वर्ष २०८०–८१ को वासलात, नाफा–नोक्सान र नगद प्रवाहमाथि छलफल हुनेछ । आर्थिक वर्ष २०८१–८२ का लागि लेखापरीक्षक नियुक्त गरी पारिश्रमिक निर्धारण गर्ने एजेन्डा पनि राखिएको छ । 

त्यस्तै, अन्य बैंक–वित्तीय संस्थासँग मर्ज वा एक्विजिशनसम्बन्धी कार्य गर्न प्रबन्धपत्र तथा नियमावली संशोधनका लागि सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पनि रहेको छ । साधारण सभा प्रयोजनका लागि बैंकले बिहीबार फागुन २९ गते बुक क्लोज गर्ने भएको छ । तसर्थ, आज बुधबार फागुन २८ गतेसम्म कायम रहेका सेयरधनीले सभामा सहभागिता जनाउन सक्नेछन् ।

सभा सिद्धार्थ होटल, बिर्तामोड, झापामा बिहान ११ बजे सुरु हुनेछ । 

यो पोस्ट पढेपछि तपाईलाई कस्तो लाग्यो?

टिप्पणीहरू

}