नेष्डो लघुवित्तको लाभांश सुरक्षित गर्ने अन्तिम दिन
काठमाडौ, फागुन २७ । नेप्सेमा सूचीकृत भएको नेष्डो लघुवित्तको आज फागुन २७ गते मंगलबार लाशांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ ।
यस कम्पनीले साधारण सभा प्रयोजनको लागि फागुन २८ गते बुक क्लोज गर्दैछ । तसर्थ, आजसम्म कायम सेयरधनीले यो कम्पनीले प्रस्ताव गरेको लाभांश पाउनेछन् ।
नेष्डो लघुवित्तले गत वर्षको नाफाबाट लगानीकर्तालाई १४.७५ प्रतिशत बोनस सेयर र कर तिर्न ०.२५ प्रतिशत नगद गरी कुल १५ प्रतिशत लाभांश वितरण गर्दैछ । उक्त लाभांश प्रस्ताव पारित गर्न चैत १० गते वार्षिक साधारण सभा बोलाएको छ । सभा, रोयल कुश्मा रिसोर्ट, कुश्मा पर्वतमा बिहान ११.३० बजे सुरु हुनेछ ।
Comments
0 comments · join the conversation
No comments yet
Be the first to share your thoughts.
Add a comment
Your comment will appear after a quick review.
Comment submitted
Thanks! Your comment is in the moderation queue and will appear after verification.
Reply to comment
0 replies
Reply submitted
Thanks! Your reply is in the moderation queue and will appear after verification.