नेष्डो लघुवित्तको लाभांश सुरक्षित गर्ने अन्तिम दिन

मंगलबार, २७ फाल्गुण २०८१, १:५५ PM
post-image

काठमाडौ, फागुन २७ । नेप्सेमा सूचीकृत भएको नेष्डो लघुवित्तको आज फागुन २७ गते मंगलबार लाशांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ ।

यस कम्पनीले साधारण सभा प्रयोजनको लागि फागुन २८ गते बुक क्लोज गर्दैछ । तसर्थ, आजसम्म कायम सेयरधनीले यो कम्पनीले प्रस्ताव गरेको लाभांश पाउनेछन् । 

नेष्डो लघुवित्तले गत वर्षको नाफाबाट लगानीकर्तालाई १४.७५ प्रतिशत बोनस सेयर र कर तिर्न ०.२५ प्रतिशत नगद गरी कुल १५ प्रतिशत लाभांश वितरण गर्दैछ । उक्त लाभांश प्रस्ताव पारित गर्न चैत १० गते वार्षिक साधारण सभा बोलाएको छ । सभा, रोयल कुश्मा रिसोर्ट, कुश्मा पर्वतमा बिहान ११.३० बजे सुरु हुनेछ ।

यो पोस्ट पढेपछि तपाईलाई कस्तो लाग्यो?

टिप्पणीहरू

}