ओम मेगाश्री फर्मास्युटिकल्सको आजबाट आइपीओ खुला

मंगलबार, २७ फाल्गुण २०८१, १०:५५ AM
post-image

काठमाडौ, फागुन २७ । ओम मेगाश्री फर्मास्युटिकल्स लिमिटेडको आइपीओ आज मंगलबारदेखि सर्वसाधारणको लागि बिक्री खुला भएको छ । यस कम्पनीले सर्वसाधारणका लागि १४ लाख ७६ हजार कित्ता आइपीओ बिक्री खुला गरेको हो । ओम मेगाश्रीको जारी पुँजी ६० करोड रुपैयाँ रहेको छ । 

जसको ३० प्रतिशतले हुने १८ करोड रुपैयाँ बराबरको १८ लाख कित्ता साधारण सेयरमध्ये पहिलो चरणमा श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकहरुका लागि १ लाख ८० हजार कित्ता आइपीओ बाँडफाँट गरिसकेको छ । 

त्यस्तै, ५४ हजार कित्ता सेयर कम्पनीमा कार्यरत कर्मचारी र ९० हजार कित्ता सेयर सामुहिक लगानी कोषलाई बाँडफाँट गरी बाँकी रहेको १४ लाख ७६ हजार कित्ता आइपीओ सर्वसाधारणलाई बिक्री खुला गरेको हो । यस आइपीओमा प्रतिकित्ता १०० रुपैयाँको दरले आवेदन दिन सकिनेछ । 

यो सेयर बजारमा भित्रिने पहिलो औषधि कम्पनी हो । 

यो पोस्ट पढेपछि तपाईलाई कस्तो लाग्यो?

टिप्पणीहरू

}