नेपाल इन्स्योरेन्सको १५.७९ प्रतिशत बोनस सेयर घोषणा

आइतबार, २५ फाल्गुण २०८१, १:४९ PM
post-image

काठमाडौं, २५ फागुन । नेपाल इन्स्योरेन्स कम्पनीले लाभांश वितरण गर्ने घोषणा गरेको छ ।

कम्पनीले गत वर्षको नाफाबाट १५.७९ प्रतिशत लाभांश वितरण गर्न लागेको हो । यस कम्पनीको फागुन २४ गते बसेको सञ्चालक समिति बैठकले १५ प्रतिशत बोनस सेयर र ०.७९ प्रतिशत नगद लाभांश (कर तिर्न) दिने निर्णय गरेको हो । 

उक्त प्रस्ताव नेपाल बिमा प्राधिकरण र यस कम्पनीको आगामी साधारण सभाले स्वीकृत गरेपछि सेयरधनीलाई वितरण हुनेछ । यसअघि इन्सुरेन्सले आव २०७९–८० को नाफाबाट १०.५३ प्रतिशत लाभांश घोषणा गरेको थियो । कम्पनीले अहिले ४० प्रतिशत हकप्रद सेयर जारी गर्नका लागि नेपाल धितोपत्र बोर्डको अनुमति पर्खिरहेको छ । 
 

यो पोस्ट पढेपछि तपाईलाई कस्तो लाग्यो?

टिप्पणीहरू

}