नेपाल माइक्रो इन्स्योरेन्सको आइपीओ शुक्रबार बाँडफाँट हुने

बिहिबार, २२ फाल्गुण २०८१, १०:१३ AM
post-image

काठमाडौं, फागुन २२ । नेपाल माइक्रो इन्स्योरेन्सको आइपीओ शुक्रबार बिहान ८ः३० बजे बाँडफाँट हुने भएको छ ।

कम्पनीले नेपाल माइक्रोको फागुन ११ गतेदेखि १५ गतेसम्म निष्काशन गरेको आइपीओको बाँडफाँड आज हुने तयारी गरेको थियो तर बलेफी हाइड्रोपावरको लिलामी सेयरको बोलपत्र खोल्ने समय पनि बिहीबार बिहान ८ बजे परेपछि आइपीओ बाँडफाँटको कार्यक्रम स्थगित गरिएको बिक्री प्रबन्धक एनआइएमबी एस क्यापिटलले जानकारी गराएको छ ।

नेपाल माइक्रोको फागुन ११ गतेदेखि १५ गतेसम्म प्रतिकित्ता १०० रुपैयाँका दरमा १८ करोड ४५ लाख रुपैयाँ बराबरको १८ लाख ४५ हजार कित्ता आइपीओ बिक्री गरेको थियो । उक्त आइपीओमा अन्तिम दिनसम्ममा १९ लाख ९७७ जनाले कुल २ करोड ४४ लाख ८३ हजार २२० कित्ताका लागि आवेदन दिएका थिए । तसर्थ, यसमा गोलाप्रथामार्फत १ लाख ८४ हजार ५०० जनाले मात्र सेयर हात पार्नेछन् । अब शुक्रबार आइपीओ बाँडफाँट भएपछि नतिजा सार्वजनिक हुनेछ ।
 

यो पोस्ट पढेपछि तपाईलाई कस्तो लाग्यो?

टिप्पणीहरू

}