स्वरोजगार लघुवित्तको एफपीओमा आवेदन दिने आज अन्तिम दिन

बुधबार, २१ फाल्गुण २०८१, १:१६ PM
post-image

काठमाडौ, फागुन २१ । स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमिटेडले फागुन १८ गतेदेखि निष्काशन तथा बिक्री खुला गरेको एफपीओमा आवेदन दिने आज (फागुन २१ गते) अन्तिम दिन रहेको छ। 

लघुवित्तले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका १ लाख ९५ हजार ७७३ कित्ता शेयर जारी गरेको छ, जसको कुल मूल्य १ करोड ९५ लाख ७७ हजार ३०० रुपैयाँ बराबर छ। कम्पनीले बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन २०७३ को दफा ९ बमोजिम सर्वसाधारणको पुँजी संरचना ३० प्रतिशत कायम गर्न एफपीओ जारी गरेको हो।

सिडिएस एण्ड क्लियरिङ्गका अनुसार फागुन २९ गतेसम्ममा एफपीओमा १ करोड ८९ लाख ३७ हजार १६० कित्ताका लागि आवेदन परिसकेको छ। लगानीकर्ताले न्यूनतम १० कित्ता देखि अधिकतम १ हजार कित्तासम्म आवेदन दिन सक्नेछन्।

यस एफपीओलाई क्रेडिट रेटिङ्ग संस्था इक्रा नेपालले 'इक्रा इस्यूअर रेटिङ डबल बी माइनस' प्रदान गरेको छ, जसले लघुवित्तको वित्तीय दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्दछ। यो रेटिङ २०८१ साउन १४ गते प्रदान गरिएको थियो र २०८२ साउन १३ गतेसम्म मान्य हुनेछ।

लघुवित्तको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटल लिमिटेड रहेको छ। लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सबै सि-आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु वा सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडको 'मेरो शेयर' अनलाइन सफ्टवेयर प्रयोग गरी आवेदन दिन सक्नेछन्।

हाल लघुवित्तको चुक्ता पूँजी ६७ करोड ११ लाख ४ हजार ९९३ रुपैयाँ रहेको छ, जुन एफपीओ निष्काशन पश्चात ६९ करोड ६ लाख ८२ हजार २९३ रुपैयाँ पुग्नेछ।

यो पोस्ट पढेपछि तपाईलाई कस्तो लाग्यो?

टिप्पणीहरू

Comments

0 comments · join the conversation

No comments yet

Be the first to share your thoughts.

}