युनाइटेड इदी मर्दीले सेयरधनीलाई बोनस वितरण गर्दै
काठमाडौ, फागुन २१ । युनाइटेड इदी मर्दी एन्ड आरबी हाइड्रोपावर लिमिटेडले गत वर्षको नाफाबाट सेयरधनीलाई लाभांश गर्ने भएको छ ।
कम्पनीले लाभांश प्रस्ताव पारित गर्न आगामी चैत ११ गते साधारण सभा बोलाएको हो । कम्पनीले सेयरधनीहरुका लागि ४ प्रतिशत बोनस सेयर र कर तिर्न ०.२१ प्रतिशत नगद लाभांश वितरण गर्न लागेको हो । सभा, आभ्या क्लब, घारीपाटन–१७ पोखरा, कास्कीमा बिहान ११ बजेबाट सुरु हुनेछ । सभामा हकप्रद सेयर जारी गर्ने प्रस्ताव पनि पेश हुनेछ ।
साथै, यसले १ बराबर १ सेयर अनुपातमा हकप्रद सेयर पनि जारी गर्ने निर्णंय गरेको छ । कम्पनीले बोनस सेयर वितरणपछि कायम हुने चुक्ता पुँजीमा १०० प्रतिशत हकप्रद सेयर जारी गर्ने घोषणा गरेको हो । हाल यसको चुक्ता पुँजी ४४ करोड ३१ लाख रुपैयाँ रहेको छ ।
सभा प्रयोजनार्थ कम्पनीले फागुन २३ गते शुक्रबार बुक क्लोज गर्दैछ । त्यसैले फागुन २२ गते बिहीबारसम्म कायम सेयरधनीले मात्र सभामा सहभागिता जनाउन सक्नेछन् ।
Comments
0 comments · join the conversation
No comments yet
Be the first to share your thoughts.
Add a comment
Your comment will appear after a quick review.
Comment submitted
Thanks! Your comment is in the moderation queue and will appear after verification.
Reply to comment
0 replies
Reply submitted
Thanks! Your reply is in the moderation queue and will appear after verification.