बलेफी हाइड्रोपावरको सेयर लिलामीमा भर्ने आज अन्तिम दिन

सोमबार, १९ फाल्गुण २०८१, १२:४४ PM
post-image

काठमाडौ, फागुन १९ । बलेफी हाइड्रोपावरले फागुन ५ गते सोमबार १७ लाख ९८ हजार ६५६ कित्ता सेयर लिलामीमा बिक्री खुला गरेको सेयरमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । लगानीकर्ताले आज कार्यालय समयभित्र यस कम्पनीको लिलामीमा आवेदन दिन सक्ने कम्पनीले जनाएको छ । 

जसमा कम्पनीले संस्थापक समूहको ६ लाख ७६ हजार १९१,  सर्वसाधारण समूहको लकइनमा रहेको ५ लाख ८ हजार ८९२ र सर्वसाधारण समूहको लकइनमा नरहेको ६ लाख १३ हजार ५७३ कित्ता सेयर लिलाममा बिक्री खुला गरेको हो । यो लिलामी सेयरमा न्यूनतम १०० कित्तादेखि अधिकतम सबै कित्ताका लागि आवेदन दिन सकिनेछ ।  यस लिलामीमा लगानीकर्ताले न्यूनतम १०० रुपैयाँलाई आधार मानेर प्रतिस्पर्धात्मक बोलपत्रमा सहभागी हुनुपर्नेछ । 

यसमा बिक्री प्रबन्धकको काम एनआइएमबी एस क्यापिटलले गरेकोछ । यसअघि कम्पनीले मंसिर २७ देखि पुस १७ गतेसम्म १ करोड ८२ लाख ७९ हजार ७०० कित्ता हकप्रद सेयर बिक्री खुला गरेको थियो । 

सो अवधिमा कम्पनीले बिक्री नभएको बाँकी  सेयर कम्पनीले अब लिलामीमा ल्याएको हो । बिक्री प्रबन्धकको कार्यालय एनआइएमबी एस क्यापिटल लाजिम्पाट काठमाडौं, चिप्लेढुँगा पोखरा, ट्राफिकचोक बुटवल, आदर्शनगर विरगञ्ज र गोल्छाचोक बिराटनगरबाट आवेदन दिन सकिनेछ ।

यो पोस्ट पढेपछि तपाईलाई कस्तो लाग्यो?

टिप्पणीहरू

संबंधित समाचार

शिक्षकको माग बिशेष अधिवेसन बोलाएर भए पनि सम्बोधन गर्नुपर्छः प्रचण्ड

दुई तारा ठोक्किदै, आणविक बम भन्दा हजार ट्रिलियन गुणा बिष्फोट

ट्रम्पको कर नीतिले ५०० अर्बपतिको सम्पत्तिमा भारी गिरावट, मस्कले नै गुमाए १९ बिलियन

}