नेको इन्स्योरेन्सको हकप्रद शेयरमा कहिलेसम्म आवेदन दिन पाइन्छ ?

आइतबार, १८ फाल्गुण २०८१, ११:५३ AM
post-image

काठमाडौ, फागुन १८ ।  नेको इन्स्योरेन्स कम्पनीले फागुन ८ गतेदेखि बिक्रीमा ल्याएको हकप्रद शेयरमा फागुन २८ गतेसम्म आवेदन दिन सकिने छ ।

इन्सुरेन्सले ५० करोडबढीको कहप्रद सेयर फागुन ८ गतेदेखि बिक्री खुला गरेको हो । कम्पनीले २५ प्रतिशत हकप्रद सेयर निष्काशन गरेको छ । कम्पनीले ४ः१ अनुपातमा ५० लाख ३० हजार ९०१.५५ कित्ता हकप्रद सेयर जारी गरेको हो । जसअनुसार यस कम्पनीले १ सय अंकित मूल्यमा ५० करोड ३० लाख ९० हजार १५५ सय रुपैयाँ बराबरको हकप्रद सेयर निष्कासन गरेको छ । 

उक्त हकप्रद सेयरको लागि यसले माघ १८ गते बुक क्लोज गरिसकेको छ । तसर्थ, त्यसभन्दा अघिसम्म कायम रहेका लगानीकर्ताले हकप्रद सेयरको दाबी गर्न पाउनेछन् । 

यसको हकप्रद सेयरमा सानिमा क्यापिटलले बिक्री प्रबन्धकको काम गरेको छ । यस हकप्रदमा बिक्री प्रबन्धक सानिमा क्यापिटल नक्साल काठमाडौं र नेको इन्सुरेन्सको तोकिएको शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ । 

यसका साथै धितोपत्र बोर्डबाट आस्वा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्था र मेरो सेयरमार्फत आवेदन दिन सकिनेछ । हाल यस कम्पनीको चुक्ता पुँजी २ अर्ब १ करोड २३ लाख ६० हजार रुपैयाँ छ । हकप्रद सेयर बिक्रीपछि कम्पनीको चुक्ता पुँजी २ अर्ब ५१ करोड रुपैयाँ पुग्नेछ ।

यो पोस्ट पढेपछि तपाईलाई कस्तो लाग्यो?

टिप्पणीहरू

}