सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सकाे चैत ८ एजीएम

शुक्रबार, १६ फाल्गुण २०८१, १०:५५ AM
post-image

काठमाडौ, फागुन १६ । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सले चैत ८ गते वार्षिक साधारण सभा गर्ने भएको छ । सभा अनमोल बेंक्वेट, शंखमुल काठमाडौंमा विहान ११ बजे सुरु हुनेछ । कम्पनीले सभामा गत आर्थिक वर्ष २०८०–८१ को नाफाबाट सेयरधनीलाई १.२४८९ प्रतिशत बोनस सेयर र ८ प्रतिशत नगद वितरण गर्ने प्रस्ताव पेश गर्नेछ । यस्तै, कम्पनीको वार्षिक प्रतिवेदन, नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरणमा छलफल गरी पारित गर्ने एजेन्डा रहेको छ ।

यता, बोनस सेयर वितरण भएपछि पुँजी वृद्धि हुने भएकाले सोही अनुरुप प्रबन्धपत्र संशोधन गर्ने, कम्पनीको रजिष्टर्ड कार्यालय रहेको स्थान परिवर्तन गर्ने, संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत भएका खर्चहरु अनुमोदन गर्ने लगायत प्रस्तावहरु पनि सभामा पेश हुनेछ । 

सभा प्रयोजनका लागि फागुन २६ गते बुक क्लोज हुने भएकाले फागुन २५ गतेसम्म कायम रहने सेयरधनीले मात्र प्रस्तावित लाभांश पाउन सक्नेछन् । 
 

यो पोस्ट पढेपछि तपाईलाई कस्तो लाग्यो?

टिप्पणीहरू

Comments

0 comments · join the conversation

No comments yet

Be the first to share your thoughts.

}