ओम मेगाश्री फर्मास्युटिकल्सको आइपीओ आज बाँडफाँट
काठमाडौ, फागुन १२ । ओम मेगाश्री फर्मास्युटिकल्स लिमिटेडले वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि बिक्री गरेको आइपीओ आज आइतबार बाँडफाँट भएको छ । कम्पनीले माघ २१ गतेदेखि फागुन १ गतेसम्म का लागि निष्काशन गरेको आइपीओमा गोलाप्रथामार्फत १८ हजार जना आवेदकलाई १० कित्ताका दरले १ लाख ८० हजार कित्ता सेयर बाँडफाँट गरिएको हो ।
वैदेशिक रोजगारीमा रहेकाहरुले बिक्री प्रबन्धकको वेबसाइट र सीडीएस एन्ड क्लियरिङले आइपीओ रिजल्ट हेर्न बनाएको वेबसाइटबाट नतिजा हेर्न सक्ने बिक्री प्रबन्धक प्रभु क्यापिटलले जानकारी गराएको छ । वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि कम्पनीले १ लाख ८० हजार कित्ता सेयर आइपीओ जारी गरेको थियो ।
ओम मेगाश्रीले नेपाल धितोपत्र बोर्डबाट कुल १८ लाख कित्ता प्राथमिक सेयर निष्कासनको अनुमति पाएको थियो । जसको १० प्रतिशत अर्थात १ लाख ८० हजार कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि बिक्री खुला गरेको थियो ।
Comments
0 comments · join the conversation
No comments yet
Be the first to share your thoughts.
Add a comment
Your comment will appear after a quick review.
Comment submitted
Thanks! Your comment is in the moderation queue and will appear after verification.
Reply to comment
0 replies
Reply submitted
Thanks! Your reply is in the moderation queue and will appear after verification.