नाबालिकासँग माफी माग्दै बालेनले भने– नआत्तिनु, समय आउनेछ!

मंगलबार, २९ माघ २०८१, ६:६ PM
post-image

काठमाडौँ | लुम्बिनी प्रदेशसभा सदस्य रेखा शर्माविरुद्ध जिल्ला सरकारी वकिलको कार्यालयले मुद्दा नचलाउने निर्णय गरेपछि काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले पीडित नाबालिकासँग क्षमायाचन गर्दै न्याय पर्खन आग्रह गरेका छन्।

एमालेकी सांसद शर्मामाथि आफ्नै निवासमा नाबालिकालाई घरेलु कामदारका रूपमा राखेर शारीरिक शोषण र बालश्रम गराएको आरोप लागेको थियो। काठमाडौं महानगरपालिकाको टोलीले ती नाबालिकालाई उद्दार गरी संरक्षण गृहमा राखेको थियो।

तर, सरकारी वकिलको कार्यालयले शर्मामाथि मुद्दा नचलाउने निर्णय गरेपछि मेयर शाहले सामाजिक सञ्जालमार्फत असन्तोष जनाउँदै पीडित बालिकासँग माफी मागेका छन्। उनले फेसबुकमा लेखेका छन्, "सरी नानु,
तिम्रा पिडककाविरूद्धमा मुद्दा नचल्ने बनाएछ सरकारले । नआत्तिनु । समय आउँनेछ ।"

साथै, उनले बालबालिकालाई शिक्षाको महत्व बुझाउँदै भनेका छन्, "यस्तै विभेद, अपराध मास्न अनि ति कुकर्म गर्नेहरूलाई तहलगाउन तिमी र तिमी जस्तै धेरै नानीबाबुले पढ्न पर्छ । समाज बुझ्न पर्छ ।"

शर्मामाथि मुद्दा नचलाउने जिल्ला सरकारी वकिलको रायसहितको फाइल उच्च सरकारी वकिल हुँदै महान्यायाधिवक्ताको कार्यालयमा पुगेको छ।

 

यो पोस्ट पढेपछि तपाईलाई कस्तो लाग्यो?

टिप्पणीहरू

}