न्यादी हाइड्रोपावर ८६ लाख ५५ हजार रुपैयाँ नोक्सानीमा
काठमाडौ, माघ २७ । चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म आइपुग्दा न्यादी हाइड्रोपावरले ८६ लाख ५५ हजार रुपैयाँ नोक्सानी व्यहोरेको छ । गत वर्षको यसैअवधिमा न्यादीले १० करोड ६४ लाख रुपैयाँ नोक्सानी व्यहोरेको थियो ।
कम्पनीको विद्युत् बिक्रीबाट हुने आम्दानी बढेसँगै यसको नोक्सानी घटेको हो । यसअवधिमा विद्युत् बिक्रीबाट हुने आम्दानी २७.११ प्रतिशतले बढेर ३६ करोड ४८ लाख रुपैयाँ पुगेको छ । गत वर्षको यसैअवधिमा यसले विद्युत् बिक्रीबाट २८ करोड ७० लाख रुपैयाँ आम्दानी गरेको थियो ।
यता, खुद सञ्चालन नाफा पनि ५०.९६ प्रतिशतले बढेर २० करोड ९३ लाख रुपैयाँ पुगेको छ । पुस मसान्तसम्म आइपुग्दा यसको चुक्ता पुँजी १ अर्ब ५० करोड रुपैयाँ छ । प्रतिसेयर आम्दानी ५८ पैसा ऋणात्मक छ । प्रतिसेयर नेटवर्थ ७३ रुपैयाँ ७० पैसा छ ।
Comments
0 comments · join the conversation
No comments yet
Be the first to share your thoughts.
Add a comment
Your comment will appear after a quick review.
Comment submitted
Thanks! Your comment is in the moderation queue and will appear after verification.
Reply to comment
0 replies
Reply submitted
Thanks! Your reply is in the moderation queue and will appear after verification.