नेपाल लाइफ इन्स्योरेन्सको कहिले बस्दै छ एजिएम ? यस्ताे छ एजेण्डा

शुक्रबार, १८ माघ २०८१, ११:२९ AM
post-image

काठमाडौ, माघ १८ । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले माघ २८ गते वार्षिक साधारण सभा बोलाएको छ । कम्पनीले सभामा गत आर्थिक वर्षको नाफाबाट १० प्रतिशत बोनस सेयर र कर सहित ११.०५ प्रतिशत नगद लाभांश गरी कुल २१.०५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पेश गर्नेछ ।

सभामा आर्थिक वर्ष २०८०–८१ को नाफा नोक्सान सम्बन्धी हिसाबका सम्बन्धमा छलफल हुनेछ । आर्थिक वर्ष २०८१–८२ का लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने एजेन्डा पनि रहनेछ । सभा, होटल भिष्वा, बीरगंजमा बिहान ९ बजे सुरु हुनेछ ।

साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि कम्पनीले माघ १० गते बुक क्लोज गर्ने भएको छ । तसर्थ, माघ ९ गतेसम्म कायम रहने सेयरधनीले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्नेछन् ।

यो पोस्ट पढेपछि तपाईलाई कस्तो लाग्यो?

टिप्पणीहरू

}