हिमालयन लघुवित्तको ३९५.६८ प्रतिशत नाफा बढ्यो

हिमालयन लघुवित्त चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म आइपुग्दा ३९५.६८ प्रतिशत खुद नाफासँगै प्रतिसेयर आम्दानी पनि बढेको छ ।

Artha Kendra Artha Kendra
मंगलबार, १५ माघ २०८१, १०:४३ AM
फन्ट
हिमालयन लघुवित्तको ३९५.६८ प्रतिशत नाफा बढ्यो

काठमाडौ, माघ १५ । हिमालयन लघुवित्त चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म आइपुग्दा ३९५.६८ प्रतिशत खुद नाफासँगै प्रतिसेयर आम्दानी पनि बढेको छ । यसअवधिमा खुद नाफा ३९५.६८ प्रतिशतले बढेर २ करोड ६० लाख ६३ हजार रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको यसैअवधिमा यस कम्पनीले ५२ लाख ५८ हजार रुपैयाँ नाफा कमाएको थियो ।

खुद ब्याज आम्दानी र सञ्चालन नाफा बढेकाले खुद नाफा बढ्न सहयोग पुगेको हो । खुद ब्याज आम्दानी ३०.७१ प्रतिशतले बढेर१५ करोड ३३ लाख १ हजार रुपैयाँ पुगेको छ । यता, सञ्चालन नाफा पनि ३९५.७३ प्रतिशतले बढेर ३ करोड ७२ लाख ३४ हजार रुपैयाँ पुगेको छ । 

प्रतिसेयर आम्दानी १३ रुपैयाँ ०१ पैसाले बढेर १६ रुपैयाँ ३० पैसा पुगेको छ । प्रतिसेयर नेटवर्थ १२३ रुपैयाँ ३७ पैसा छ । चुक्ता पुँजी ३१ करोड ९८ लाख १८ हजार रुपैयाँ छ । 
 

यो पोस्ट पढेपछि तपाईलाई कस्तो लाग्यो?

सेयर गर्नुहोस्

Comments

0 comments · join the conversation

No comments yet

Be the first to share your thoughts.