नेपाल बैंकले लाभांश वितरण नगर्ने

नेपाल बैंक लिमिटेडले लाभांश वितरण नगर्ने भएको छ ।

Artha Kendra Artha Kendra
बुधबार, २ माघ २०८१, १२:० PM
फन्ट
नेपाल बैंकले लाभांश वितरण नगर्ने

काठमाडौं, माघ ०२ । नेपाल बैंक लिमिटेडले लाभांश वितरण नगर्ने भएको छ । यस बैंकको पुस २९ गते बसेको सञ्चालक समिति बैठकले गत गत आर्थिक वर्ष २०८०–८१ को नाफाबाट सेयरधनीहरुलाई कुनै पनि लाभांश वितरण नगर्ने निर्णय गरेको हो । 

साथै, बैठकले लाभांश वितरण नगर्ने गरी गत आर्थिक वर्षको वित्तीय विवरण स्वीकृतिका लागि नियामक नेपाल राष्ट्र बैंकसमक्ष पेश गर्ने निर्णय गरेको हो । नेपाल बैंकले आर्थिक वर्ष २०७९–८० मा पनि लाभांश वितरण गरेको थिएन ।
 

यो पोस्ट पढेपछि तपाईलाई कस्तो लाग्यो?

सेयर गर्नुहोस्

Comments

0 comments · join the conversation

No comments yet

Be the first to share your thoughts.