साल्ट ट्रेडिङ कर्पोरेसनको १० प्रतिशत नगद लाभांश घोषणा

आइतबार, २८ पुष २०८१, ११:५५ AM
post-image

काठमाडौं, पौष २८ । साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडले गत वर्षको नाफाबाट सेयरधनीलाई १० प्रतिशत नगद लाभांश (कर सहित) दिने लाभांश घोषणा गरेको छ ।

 यस कम्पनीको पुस २६ गते बसेको सञ्चालक समिति बैठकले उक्त निर्णय गरेको हो । उक्त प्रस्ताव कम्पनीको आगामी साधारण सभाले पारित गरेपछि सेयरधनीलाई वितरण हुनेछ ।

यसअघि आर्थिक वर्ष २०७९–८० मा यस कम्पनीले १५.७९ प्रतिशत लाभांश वितरण गरेको थियो ।

यो पोस्ट पढेपछि तपाईलाई कस्तो लाग्यो?

टिप्पणीहरू

}