जनउत्थान सामुदायिक लघुवित्तले यसपटक पनि लाभांश वितरण नगर्ने

जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्थाले लाभांश वितरण नगर्ने भएको छ ।

Artha Kendra Artha Kendra
आइतबार, २८ पुष २०८१, ११:३१ AM
फन्ट
जनउत्थान सामुदायिक लघुवित्तले यसपटक पनि लाभांश वितरण नगर्ने

काठमाडौं, पौष २८ । जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्थाले लाभांश वितरण नगर्ने भएको छ ।

कम्पनीले आर्थिक वर्ष २०८०–८१ को नाफाबाट सेयरधनीहरुलाई लाभांश वितरण नगर्ने भएको छ। कम्पनी सञ्चालक समितिको शुक्रबार बसेको बैठकले लाभांश वितरण नगरी गत आर्थिक वर्षको नाफालाई सञ्चित गर्ने निर्णय गरेको हो । 

साथै, सोही अनुसारको वित्तीय विवरण नियामक नेपाल राष्ट्र बैंकमा पेश गर्ने जानकारी गराएको छ । जनउत्थानले गत आर्थिक वर्ष २०७९–८० पनि लाभांश वितरण गरेको थिएन । कम्पनीले अन्तिमपटक आर्थिक वर्ष २०७८–७९ मा भने १५ प्रतिशत बोनस सेयर र कर तिर्न ०.७९ प्रतिशत नगद लाभांश वितरण गरेको थियो ।

यो पोस्ट पढेपछि तपाईलाई कस्तो लाग्यो?

सेयर गर्नुहोस्

Comments

0 comments · join the conversation

No comments yet

Be the first to share your thoughts.