महुली लघुवित्तले यसपटक पनि लाभांश वितरण नगर्ने
काठमाडौं, पौष २५ । महुली लघुवित्तले लाभांश वितरण नगर्ने भएको छ ।
कम्पनीले आर्थिक वर्ष २०८०–८१ को नाफाबाट लाभांश वितरण नगरी उक्त नाफालाई सञ्चित गर्ने भएको छ ।
कम्पनिले सञ्चालक समितिको बुधबार बसेको बैठकले लाभांश वितरण नगर्ने तथा गत आर्थिक वर्षको नाफालाई सञ्चित गर्ने निर्णय गरेको हो ।
साथै, सोही अनुसारको वित्तीय विवरण नियामक नेपाल राष्ट्र बैंकमा पेश गर्ने जानकारी गराएको छ ।
महुलीले गत आर्थिक वर्ष २०७९–८० पनि लाभांश वितरण गरेको थिएन । कम्पनीले अन्तिमपटक आर्थिक वर्ष २०७८–७९ मा भने २० प्रतिशत बोनस सेयर र ५ प्रतिशत नगद गरी कुल २५ प्रतिशत लाभांश वितरण गरेको थियो ।
Comments
0 comments · join the conversation
No comments yet
Be the first to share your thoughts.
Add a comment
Your comment will appear after a quick review.
Comment submitted
Thanks! Your comment is in the moderation queue and will appear after verification.
Reply to comment
0 replies
Reply submitted
Thanks! Your reply is in the moderation queue and will appear after verification.