महुली लघुवित्तले यसपटक पनि लाभांश वितरण नगर्ने

बिहिबार, २५ पुष २०८१, ११:३२ AM
post-image

काठमाडौं, पौष २५ । महुली लघुवित्तले लाभांश वितरण नगर्ने भएको छ ।

 कम्पनीले आर्थिक वर्ष २०८०–८१ को नाफाबाट लाभांश वितरण नगरी उक्त नाफालाई सञ्चित गर्ने भएको छ ।

कम्पनिले सञ्चालक समितिको बुधबार बसेको बैठकले लाभांश वितरण नगर्ने तथा गत आर्थिक वर्षको नाफालाई सञ्चित गर्ने निर्णय गरेको हो । 

साथै, सोही अनुसारको वित्तीय विवरण नियामक नेपाल राष्ट्र बैंकमा पेश गर्ने जानकारी गराएको छ ।

 महुलीले गत आर्थिक वर्ष २०७९–८० पनि लाभांश वितरण गरेको थिएन । कम्पनीले अन्तिमपटक आर्थिक वर्ष २०७८–७९ मा भने २० प्रतिशत बोनस सेयर र ५ प्रतिशत नगद गरी कुल २५ प्रतिशत लाभांश वितरण गरेको थियो ।
 

यो पोस्ट पढेपछि तपाईलाई कस्तो लाग्यो?

टिप्पणीहरू

}