तारागाउँ रिजेन्सी होटल्स र एचआइडीसीएलको आज वार्षिक साधारण सभा

बुधबार, २४ पुष २०८१, ९:३६ AM
post-image

काठमाडौं, पौष २४ । तारागाउँ रिजेन्सी होटल्स लिमिटेडको आज वार्षिक साधारण सभा बस्दैछ । सभामा कम्पनीले कर सहित ११ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पेश गर्नेछ । 
सभा र लाभांश वितरण प्रयोजनको लागि कम्पनीले पुस १२ गते बुक क्लोज गरिसकेको छ । तसर्थ पुस ११ गते बिहीबारसम्म कायम रहने सेयरधनीले साधारण सभामा सहभागी हुन र लाभांश हात पार्न सक्नेछन् । 

त्यस्तै, गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, नाफा–नोक्सान हिसाब, नगद प्रवाहलगायत विवरणमा छलफल हुने र लेखापरीक्षक पनि नियुक्त गर्ने लगायतका प्रस्तावहरु सभामा पेश हुनेछ । 

यस्तै, जलविद्युत लगानी तथा विकास कम्पनी (एचआइडीसीएल) को पनि आज (पुस २४ गते) वार्षिक साधारण सभा बस्दैछ । सभा कार्की ब्यांक्वेट, बबरमहल काठमाडौंमा बिहान १० बजे सुरु हुनेछ । सभामा कम्पनीले गत आर्थिक वर्षको नाफाबाट लगानीकर्तालाई ५.२५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताप पेश गर्दैछ । 

सभा नेपाल आर्मी अफिसर्स क्लब, भद्रकाली, काठमाडौंमा बिहान साढे ११ बजे सुरु हुनेछ । सभा प्रयोजनका लागि यस कम्पनीले पुस ६ गते बुक क्लोज गरिसकेको छ । पुस ४ गतेसम्म कायम रहने सेयरधनी मात्र सभामा भाग लिन र लाभांश पाउन योग्य हुनेछन् ।

यो पोस्ट पढेपछि तपाईलाई कस्तो लाग्यो?

टिप्पणीहरू

}