गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सको आईपीओमा आजदेखि आवेदन, कति दिने आवेदन ?

गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडले आज (पुस २१ गते) देखि सर्वसाधारणलाई लक्षित गर्दै आफ्नो प्राथमिक शेयर (आईपीओ) जारी गर्न लागेको छ।

Artha Kendra Artha Kendra
आइतबार, २१ पुष २०८१, ८:२९ AM
फन्ट
गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सको आईपीओमा आजदेखि आवेदन, कति दिने आवेदन ?

गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडले आज (पुस २१ गते) देखि सर्वसाधारणलाई लक्षित गर्दै आफ्नो प्राथमिक शेयर (आईपीओ) जारी गर्न लागेको छ। कम्पनीले कुल ७५ करोड रुपैयाँ जारी पूँजीमध्ये ३० प्रतिशत, अर्थात् २२ करोड ५० लाख रुपैयाँ बराबरका २२ लाख ५० हजार कित्ता शेयर जारी गर्न अनुमति प्राप्त गरेको छ।

यसमा, सर्वसाधारणलाई १८ लाख ४५ हजार कित्ता शेयर छुट्याइएको छ भने बाँकी ६७ हजार ५०० कित्ता कर्मचारीहरू र १ लाख १२ हजार ५०० कित्ता म्युचुअल फन्डहरूको लागि तोकिएको छ। यस्तै, वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि २ लाख २५ हजार कित्ता शेयर यसअघि नै जारी गरिसकिएको छ।

आईपीओमा आवेदन दिन चाहनेले न्यूनतम १० कित्ता र अधिकतम १ लाख कित्ता सम्मको लागि आवेदन दिन सक्नेछन्। यो शेयरमा आवेदन दिन पुस २४ गतेसम्म समय रहेको छ।

यस आईपीओको बिक्री प्रबन्धक कुमारी क्यापिटल लिमिटेड हो। इच्छुक लगानीकर्ताहरूले नेपाल धितोपत्र बोर्डबाट अनुमोदित बैंक तथा वित्तीय संस्थाहरूका शाखाहरू, वा ‘मेरो शेयर’ अनलाइन प्लेटफर्म प्रयोग गरेर सि-आस्बा प्रणालीमार्फत आवेदन दिन सक्नेछन्।

अघिको यस्तै निष्काशनको आवेदन संख्याको तुलनामा, यसपटक पनि मागभन्दा बढी आवेदन पर्ने सम्भावना देखिन्छ। त्यसैले १० कित्ताका लागि मात्र आवेदन दिनु उपयुक्त देखिन्छ।

यो पोस्ट पढेपछि तपाईलाई कस्तो लाग्यो?

सेयर गर्नुहोस्

Comments

0 comments · join the conversation

No comments yet

Be the first to share your thoughts.