महुली लघुवित्तको एफपीओ भोलि बिहान बाँडफाँट हुँदै, सेयर पाउन भाग्यकै भर
महुली लघुवित्तको एफपीओ पुस १९ गते, शुक्रबार बाँडफाँट हुने भएको छ। बिक्री प्रबन्धक लक्ष्मी सनराइज क्यापिटलका अनुसार शुक्रबार बिहान १०:३० बजे नयाँ बानेश्वरस्थित कार्यालयमा एफपीओ बाँडफाँटको प्रक्रिया सुरु हुनेछ।
यस एफपीओमा आवेदन दिनेहरूका लागि भाग्यले मात्र साथ दिने देखिएको छ, किनकि यसमा मागभन्दा ५२.३४ गुणा बढी आवेदन परेको छ। गोलाप्रथाबाट बाँडफाँट गरिने एफपीओमा १७ लाख ५८ हजार ८५३ जनाले २ करोड ४८ लाख ८५ हजार ८४० कित्ताका लागि आवेदन दिएका थिए। तर, ४७ हजार ५४५ जनाले मात्र सेयर प्राप्त गर्नेछन्, जबकि १७ लाख ११ हजार ३०८ जनाको हात खाली हुनेछ।
महुली लघुवित्तले पुस ५ गतेदेखि ९ गतेसम्म ४ करोड ७५ लाख ४४ हजार ९१५ रुपैयाँ बराबरको एफपीओ जारी गरेको थियो। यो अन्तर्गत प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्यका ४ लाख ७५ हजार ४४९ कित्ता सेयर निष्कासन गरिएको हो।
यस सार्वजनिक निष्कासनको बिक्री प्रबन्धक लक्ष्मी सनराइज क्यापिटल रहेको छ। क्रेडिट रेटिङ संस्था इक्रा नेपालले यस एफपीओलाई मध्यमस्तरको सुरक्षित मानिएको ‘इक्रा इस्यूअर रेटिङ बी माइनस’ प्रदान गरेको छ।
Comments
0 comments · join the conversation
No comments yet
Be the first to share your thoughts.
Add a comment
Your comment will appear after a quick review.
Comment submitted
Thanks! Your comment is in the moderation queue and will appear after verification.
Reply to comment
0 replies
Reply submitted
Thanks! Your reply is in the moderation queue and will appear after verification.