बढ्यो पेट्रोल र डिजेलको मूल्य

काठमाडौं। नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यमा वृद्धि गरेको छ।
आज राति १ बजेदेखि लागू हुने गरी पेट्रोलमा १ रुपैयाँ र डिजेलमा २ रुपैयाँले मूल्य वृद्धि गरिएको निगमले जनाएको छ।
त्यस्तै, हवाई इन्धनतर्फ आन्तरिक उडानका लागि प्रति लिटर २ रुपैयाँले मूल्य बढाइएको छ भने अन्तर्राष्ट्रिय उडानतर्फ प्रति किलोलीटर १५ अमेरिकी डलरले मूल्य घटाउने निर्णय गरिएको निगमको विज्ञप्तिमा उल्लेख छ।
एलपी ग्यासको मूल्य भने यथावत राखिएको छ।