तमु ल्होसार’को उल्लास: गुरुङ समुदायद्वारा नयाँ वर्षको स्वागत, शेयर बजार आज बन्द

सोमबार, १५ पुष २०८१, १०:४८ AM
post-image

काठमाडौं, १५ पुस । गुरुङ समुदायले आज पुरानो वर्षलाई बिदाइ गरी नयाँ वर्षलाई स्वागत गर्दै ‘तमु ल्होसार’ पर्व भव्य रूपमा मनाउँदैछन्। ‘ल्हो’को अर्थ वर्ष र ‘सार’को अर्थ फेरिनु भएकाले वर्ष फेरिने दिनलाई ‘तमु ल्होसार’ भनिएको हो। यो पर्व सूर्यको किरणसँग सम्बन्धित मानिन्छ। 

गुरुङ बाहुल्यता रहेको लमजुङ, गोरखा, तनहुँ, स्याङ्जा, मनाङ, कास्की, पर्वतलगायतका जिल्लामा सूर्यको ताप पहिले आउने भएकाले पुस १५ मा यो पर्व मनाउने गरिएको छ। यसपछि क्रमशः तामाङ र शेर्पा समुदायले सूर्यको ताप आउने समयअनुसार माघ र फागुनमा यो पर्व मनाउने विश्वास गरिन्छ। पुस १५ गतेको रात सबैभन्दा लामो हुने र त्यसपछि रात घट्दै जाने भएकाले पनि यस पर्वको महत्व रहेको छ। 

यस अवसरमा सरकारले सार्वजनिक विदा दिएको छ। परम्परागत रूपमा टुँडिखेलमा विशेष कार्यक्रम आयोजना गर्ने चलन भए पनि, कोरोना महामारीका कारण केही वर्ष घरघरमै मनाइएको थियो। यस वर्ष भने टुँडिखेलमा गुरुङ समुदायले विशेष कार्यक्रम आयोजना गरेका छन्।

त्यसैगरी, ‘तमु ल्होसार’को अवसरमा आज नेपाल स्टक एक्सचेञ्ज (NEPSE) पनि बन्द रहेको छ।

यो पोस्ट पढेपछि तपाईलाई कस्तो लाग्यो?

टिप्पणीहरू

Comments

0 comments · join the conversation

No comments yet

Be the first to share your thoughts.

}