कर्णाली डेभलपमेन्ट बैंकको सेयर कारोबार रोक्का, कहिलेबाट खुल्छ सेयर कारोबार?

नेपाल राष्ट्र बैंकले कर्णाली डेभलपमेन्ट बैंकलाई कमजोर वित्तीय अवस्था तरलता संकट र वित्तीय अपचलनलगायतका कारण समस्याग्रस्त घोषणा गरेको छ।

Artha Kendra Artha Kendra
बिहिबार, ११ पुष २०८१, १२:३६ PM
फन्ट
कर्णाली डेभलपमेन्ट बैंकको सेयर कारोबार रोक्का, कहिलेबाट खुल्छ सेयर कारोबार?

काठमाडौं, ११ पुस । नेपाल राष्ट्र बैंकले कर्णाली डेभलपमेन्ट बैंकलाई कमजोर वित्तीय अवस्था, न्यूनतम पुँजीकोष अनुपात नपुग्ने, तरलता संकट, आर्थिक हिनामिनाको आशंका, र वित्तीय अपचलनलगायतका कारण समस्याग्रस्त घोषणा गरेको छ। बुधबारको निर्णयसँगै बैंकको व्यवस्थापन केन्द्रीय बैंकको नियन्त्रणमा गएको छ।

नेप्सेले बिहीबारदेखि बैंकको सेयर कारोबार रोक्का गरेको छ, र अब समस्यामुक्त भएपछि मात्र कारोबार सुचारु हुनेछ। हाल बैंकको सेयर मूल्य ८१० रुपैयाँमा कारोबार भइरहेको थियो।

यस घटनापछि खराब वित्तीय अवस्थाका अन्य विकास बैंक र फाइनान्स कम्पनीको सेयर मूल्यमा पनि गिरावट आएको छ। 

यो पोस्ट पढेपछि तपाईलाई कस्तो लाग्यो?

सेयर गर्नुहोस्

Comments

0 comments · join the conversation

No comments yet

Be the first to share your thoughts.