कर्णाली डेभलपमेन्ट बैंकको सेयर कारोबार रोक्का, कहिलेबाट खुल्छ सेयर कारोबार?

काठमाडौं, ११ पुस । नेपाल राष्ट्र बैंकले कर्णाली डेभलपमेन्ट बैंकलाई कमजोर वित्तीय अवस्था, न्यूनतम पुँजीकोष अनुपात नपुग्ने, तरलता संकट, आर्थिक हिनामिनाको आशंका, र वित्तीय अपचलनलगायतका कारण समस्याग्रस्त घोषणा गरेको छ। बुधबारको निर्णयसँगै बैंकको व्यवस्थापन केन्द्रीय बैंकको नियन्त्रणमा गएको छ।
नेप्सेले बिहीबारदेखि बैंकको सेयर कारोबार रोक्का गरेको छ, र अब समस्यामुक्त भएपछि मात्र कारोबार सुचारु हुनेछ। हाल बैंकको सेयर मूल्य ८१० रुपैयाँमा कारोबार भइरहेको थियो।
यस घटनापछि खराब वित्तीय अवस्थाका अन्य विकास बैंक र फाइनान्स कम्पनीको सेयर मूल्यमा पनि गिरावट आएको छ।