लाभांश प्रस्ताव पारित गर्न नागरिक लगानी कोषले डाक्यो साधारणसभा

नागरिक लगानी कोष (CIT) ले आफ्नो ३०औं वार्षिक साधारण सभा पुस २९ गते बिहान ११ बजे नयाँ बानेश्वरस्थित केन्द्रीय कार्यालयमा आयोजना गर्ने भएको छ।  

Artha Kendra Artha Kendra
मंगलबार, ९ पुष २०८१, १०:१५ AM
फन्ट
लाभांश प्रस्ताव पारित गर्न नागरिक लगानी कोषले डाक्यो साधारणसभा

काठमाडौं, ९ पुस। नागरिक लगानी कोष (CIT) ले आफ्नो ३०औं वार्षिक साधारण सभा पुस २९ गते बिहान ११ बजे नयाँ बानेश्वरस्थित केन्द्रीय कार्यालयमा आयोजना गर्ने भएको छ।  

सभामा कोषले आर्थिक वर्ष २०८०/८१ को मुनाफाबाट शेयरधनीहरूलाई ७ प्रतिशत बोनस शेयर र ६ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पेश गर्नेछ। साथै, वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन, नाफा-नोक्सान विवरण तथा नगद प्रवाह विवरण छलफल गरी पारित गरिनेछ।  

अगामी आर्थिक वर्ष २०८१/८२ का लागि लेखापरीक्षकको नियुक्ति र पारिश्रमिक निर्धारण पनि एजेन्डामा समावेश छ। सभाको निर्णय पुस्तिकामा हस्ताक्षरका लागि शेयरधनी र सञ्चालक प्रतिनिधि नियुक्त गरिने प्रस्ताव पनि पारित हुनेछ।  

लाभांश र सभामा सहभागिताका लागि पुस २२ गते बुक क्लोज हुनेछ। तसर्थ, पुस २१ गतेसम्म कायम शेयरधनीहरूले मात्र लाभांश प्राप्त गर्नेछन्।

यो पोस्ट पढेपछि तपाईलाई कस्तो लाग्यो?

सेयर गर्नुहोस्

Comments

0 comments · join the conversation

No comments yet

Be the first to share your thoughts.