लाभांश प्रस्ताव पारित गर्न नागरिक लगानी कोषले डाक्यो साधारणसभा

काठमाडौं, ९ पुस। नागरिक लगानी कोष (CIT) ले आफ्नो ३०औं वार्षिक साधारण सभा पुस २९ गते बिहान ११ बजे नयाँ बानेश्वरस्थित केन्द्रीय कार्यालयमा आयोजना गर्ने भएको छ।
सभामा कोषले आर्थिक वर्ष २०८०/८१ को मुनाफाबाट शेयरधनीहरूलाई ७ प्रतिशत बोनस शेयर र ६ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पेश गर्नेछ। साथै, वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन, नाफा-नोक्सान विवरण तथा नगद प्रवाह विवरण छलफल गरी पारित गरिनेछ।
अगामी आर्थिक वर्ष २०८१/८२ का लागि लेखापरीक्षकको नियुक्ति र पारिश्रमिक निर्धारण पनि एजेन्डामा समावेश छ। सभाको निर्णय पुस्तिकामा हस्ताक्षरका लागि शेयरधनी र सञ्चालक प्रतिनिधि नियुक्त गरिने प्रस्ताव पनि पारित हुनेछ।
लाभांश र सभामा सहभागिताका लागि पुस २२ गते बुक क्लोज हुनेछ। तसर्थ, पुस २१ गतेसम्म कायम शेयरधनीहरूले मात्र लाभांश प्राप्त गर्नेछन्।