शतप्रतिशत हकप्रद शेयर निष्कासन गर्दै कालिञ्चोक दर्शन, बोलायो साधारण सभा

कालिञ्चोक दर्शन लिमिटेड (KDL) ले पुस २९ गते काठमाडौंको बद्रीनाथ होटलमा १० औँ वार्षिक साधारण सभा बोलाएको छ। सभा बिहान ११:३० बजे सुरु हुनेछ। 

Artha Kendra Artha Kendra
सोमबार, ८ पुष २०८१, १०:३५ AM
फन्ट
शतप्रतिशत हकप्रद शेयर निष्कासन गर्दै कालिञ्चोक दर्शन, बोलायो साधारण सभा

काठमाडौं, ८ पुस । कालिञ्चोक दर्शन लिमिटेड (KDL) ले पुस २९ गते  गौशाला, पिङ्गलास्थान काठमाडौंको बद्रीनाथ होटलमा १० औँ वार्षिक साधारण सभा बोलाएको छ। सभा बिहान ११:३० बजे सुरु हुनेछ। 

सभाले हालको चुक्ता पुँजी ६० करोडको शतप्रतिशत हकप्रद शेयर (६० लाख कित्ता) निष्कासन गर्ने प्रस्ताव पारित गर्नेछ। हकप्रदबाट संकलित रकम बैंक ऋण चुक्ता, होटल निर्माण, र इन्भेष्टमेन्टमा प्रयोग गरिनेछ। साथै, लेखापरीक्षक नियुक्ति, वित्तीय विवरण पारित, र अन्य व्यवस्थापनसम्बन्धी प्रस्तावहरूमा छलफल हुनेछ।

साधारणसभा प्रयोजनका लागि कम्पनीले पुस १५ गते बुकक्लोज गर्ने निर्णय गरेको छ। पुस १४ सम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीले सभामा सहभागी हुन सक्नेछन्।

यो पोस्ट पढेपछि तपाईलाई कस्तो लाग्यो?

सेयर गर्नुहोस्

Comments

0 comments · join the conversation

No comments yet

Be the first to share your thoughts.