लाभांश पारित गर्न कृषि विकास बैंकले बोलायो साधारण सभा, बुक क्लोज कहिले ?
काठमाडौं, ८ पुस । कृषि विकास बैंक लिमिटेडले पुस २९ गते भक्तपुरको बोडेस्थित केन्द्रीय तालिम प्रतिष्ठानमा आफ्नो १८औँ वार्षिक साधारणसभा आयोजना गर्ने निर्णय गरेको छ। सभा बिहान ११ बजे सुरु हुनेछ।
सभामा चालू आर्थिक वर्षका लागि लेखापरीक्षकको नियुक्ति र पारिश्रमिक निर्धारण गर्नुका साथै २०८०/८१ को मुनाफाबाट ३ प्रतिशत बोनस सेयर र ७.५३ प्रतिशत नगद लाभांश (करसहित) वितरण गर्ने प्रस्ताव पारित गरिनेछ। अविमोच्य असञ्चित अग्राधिकार सेयरधनीहरूका लागि ६ प्रतिशत नगद लाभांश दिने प्रस्ताव पनि अनुमोदन गरिनेछ।
साथै, बोनस सेयर वितरणपछि बढ्ने जारी र चुक्तापुँजीअनुसार बैंकको प्रबन्धपत्र र नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अधिकार दिने विशेष प्रस्ताव पारित हुनेछ।
लाभांश वितरण र साधारणसभा प्रयोजनका लागि बैंकले पुस १६ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। त्यसअगाडि अर्थात् पुस १४ गतेसम्म कायम सेयरधनीहरू मात्र सभामा भाग लिन र लाभांश प्राप्त गर्न योग्य हुनेछन्
Comments
0 comments · join the conversation
No comments yet
Be the first to share your thoughts.
Add a comment
Your comment will appear after a quick review.
Comment submitted
Thanks! Your comment is in the moderation queue and will appear after verification.
Reply to comment
0 replies
Reply submitted
Thanks! Your reply is in the moderation queue and will appear after verification.