नागरिक लगानी कोषले शेयरधनीलाई १३ प्रतिशत लाभांश वितरण गर्ने घोषणा
काठमाडौं, ७ पुस । नागरिक लगानी कोष (CIT) ले आर्थिक वर्ष २०८०/८१ को मुनाफाबाट आफ्ना शेयरधनीलाई १३ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ। कोषको पुस ७ गते बिहान बसेको सञ्चालक समितिको बैठकले ७ प्रतिशत बोनस शेयर र ६ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो।
उक्त लाभांश नेपाल सरकारको अर्थ मन्त्रालय र कोषको आगामी वार्षिक साधारण सभाबाट स्वीकृत भएपछि वितरण गरिनेछ।
यसअघि, कोषले आर्थिक वर्ष २०७९/८० को नाफाबाट १४ प्रतिशत बोनस शेयर र कर तिर्न ०.७३६ प्रतिशत नगद लाभांश वितरण गरेको थियो।
नयाँ प्रस्तावित लाभांशले शेयरधनीहरुलाई थप लाभान्वित गर्ने अपेक्षा गरिएको छ।
Comments
0 comments · join the conversation
No comments yet
Be the first to share your thoughts.
Add a comment
Your comment will appear after a quick review.
Comment submitted
Thanks! Your comment is in the moderation queue and will appear after verification.
Reply to comment
0 replies
Reply submitted
Thanks! Your reply is in the moderation queue and will appear after verification.